श्रावण २, २०८२ शुक्रबार July 18, 2025

न्यायिक सुधारको माग गर्दै हजारौँ इजरायली सडकमा

इजरायली प्रहरीमाथि प्यालेस्टाइनीको सम्पत्तिमाथि भएको क्षतिमा बेवास्ता गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इजरायलमा न्यायिक सुधारका लागि भन्दै हजारौँ मानिस सडक प्रदर्शनमा उत्रिएका छन्।

विगत ९ हप्तादेखि जारी प्रदर्शनले अहिले ठूलो रुप लिएको अधिकारीहरुले जनाएका छन्। सडकमा हजारौँ मानिसहरु झण्डा, ब्यानर, ड्रमलगायत लिएर प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले लोकतन्त्र बचाउन माग गरेका छन्।

यसैबीच संयुक्त राष्ट्र संघले इजरायलको कब्जामा रहेका प्यालेस्टाइनी क्षेत्रमा भएको अराजकताको छानबिन गर्न माग गरेको छ। संयुक्त राष्ट्र संघका विशेष दूत फ्रान्सेस्का अल्बानीजले वेस्ट बैंकमा इजरायलले गरेको कारबाहीको छानबनि गर्न माग गरेका हुन्।

वेस्ट बैंकको हवारा गाउँमा गत हप्ता इजरायली यहुदी समुदायले प्यालेस्टाइनीमाथि आक्रमण गरेको थियो। जसमा एकजनाको मृत्यु भएको थियो भने ४ सय भन्दा बढी घाइते भएका थिए। यस आक्रमणका क्रममा हवारा गाउँको अधिकतम सम्पत्तिमा आगजनी गरिएको थियो। सयौँ पसल र गाडीहरु जलाइएको थियो।

यहुदी समुदायका दुई व्यक्तिको हत्यापछि उत्तेजित भिडले प्यालेस्टाइनी गाउँमा आगजनी गरेको हो। इजरायली प्रहरीमाथि प्यालेस्टाइनीको सम्पत्तिमाथि भएको क्षतिमा बेवास्ता गरेको आरोप लागेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार