चैत्र १९, २०७९ आइतबार April 2, 2023

सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘

एसएमएचएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँमा भएको हो ।

नेपाल स्टक एक्चेजले सुपर मादीको पहिलो कारोबारका लागि न्यूनतम ९९ रुपैयाँ ८० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४० पैसासम्म रेन्ज तोकेको थियो । उक्त रेन्जको माथिल्लो विन्दुबाट यसको कारोबार खुला भएको हो ।

कम्पनीको चुक्ता पुँजीका आधारमा कायम २ करोड १० लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया