कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

डिजे बन्द गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सप्तरीमा डिजे बन्द गर्न राजनीतिक दलका नेताहरूले सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई आग्रह गरेका छन् ।राजनीतिक दलका नेताहरूले डिजेले एक किसिमको आतंक मच्चाउँदै आएकोले तत्काल रोक्न आग्रह गरे ।

पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेश कुमार यादवले डिजेका कारण स्वस्थ्य व्यक्ति पनि अस्वस्थ्य हुन थालेकोले डिजे अविलम्ब बन्द गर्न माग गरेका हुन् । उनले डिजेको साउन्डले मुटुको धड्कन बढाउँदै व्यक्तिको ज्यानसमेत लिन सक्ने भएकोले यसलाई तत्काल नर‍ोके दुर्घटना हुन सक्ने बताए ।

नेपाली कांग्रेसका जिल्ला सचिव सनत कुमार मण्डलले केही दिन अगाडि मात्रै डिजे बजाउँदा महादेवा गाउँपालिकामा एक व्यक्तिको ज्यानै गएको जानकारी गराउँदै उनले पनि डिजे बन्द गर्न माग गरे । डिजे बन्द नभए धेरै व्यक्ति मुटुको रोगी हुन सक्ने भन्दै उनले अविलम्ब बन्द गराउन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी थापाले डिजे बन्द गराउन प्रशासन तयार रहेको बताए । यसबारेमा छिट्टै निर्णय गर्ने जानकारी समेत दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
२०८३ कार्तिक २०, शुक्रबार
आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना
२०८३ कार्तिक २०, शुक्रबार
तिथिको घटबढले यस वर्ष तिहार ६ दिनको, मिथिलामा आज धनतेरस
२०८३ कार्तिक २०, शुक्रबार
एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली तथा चितवन र पोखरा भिड्दै
२०८३ कार्तिक २०, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको बिक्रीदर १५१.४७ रुपैयाँ
२०८३ कार्तिक २०, शुक्रबार
आज शुक्रबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक २०, शुक्रबार
यू-१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार