श्रावण १२, २०८१ शनिबार July 27, 2024

पूर्व शिक्षकद्वारा विद्यालयलाई २ लाख बढी आर्थिक सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्व शिक्षकले दुई लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन्।

अन्नपूर्ण-३ दानाका गंगाबहादुर पुर्जा र उनकी श्रीमती योमाया पुर्जाले एक लाख ५१ हजार एक सय पाँच रुपैयाँ सहयोग गरेका हुन्। यसअघि एक लाख रुपैयाँ सहयोग गरेका हाल बेलायतमा बसोबास गर्ने गंगाबहादुरका भाइ कमलबहादुर पुर्जा र उनकी श्रीमती शान्ति पुर्जाले थप  ५० हजार रुपैयाँ उपलब्ध गराएका छन्।

बिदा मनाउने क्रममा नेपाल आएका पुर्जा परिवारले काभ्रेमा पुगेर विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकलाई नगद हस्तान्तरण गरेका थिए। पुर्जा दाजुभाइले बेलायती सेनामा भर्ती हुनुअघि मुस्ताङको सिमानामा रहेको सो विद्यालयमा पढाएका थिए। पचास विद्यार्थी अध्ययनरत विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि सहयोग रकम परिचालन गरिने विद्यालयले जनाएको छ।

शारीरिक रूपमा अपाङ्गता भएका पुर्जाले यसअघि पनि बेलायत सरकारले पेन्सनबापत दिने तलब बापतको रकम जिल्लाका विभिन्न विद्यालयलाई उपलब्ध गराएका छन्। सन् १९८९ मा गोर्खा सैनिकमा भर्ती भएका पुर्जा सन् २००६ मा सेवा निवृत्त भएका थिए। सैनिक सेवामा प्रवेश गरेको तीन वर्षमै ढाडमा समस्या देखिएपछि उनी अहिले पनि वैशाखीको साहराले हिंडडुल गर्छन्।

उनले प्रवासी नेपालीलाई सहयोग गर्ने उद्देश्यले मद्दत समूह नामक संस्था पनि स्थापना गरेका छन्। शारीरिक रूपमा अशक्त भए पनि पुर्जाले दुःखमा परेका नेपालीलाई बेलायतमा सहयोग जुटाउन सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। सो समूहलाई बेलायत सरकारले ‘क्वीन अवार्ड’ समेत प्रदान गरेको जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार