फागुण १८, २०८० शुक्रबार March 1, 2024

अतिकम विकसित देशलाई ठूलो लगानीको आवश्यकता छ: उपप्रधानमन्त्री श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अल्पविकसित देशलाई हरित र लचिलो उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधि र कृषिमा ठूलो लगानीको आवश्यकता रहेको बताउनुभएको छ ।

कतारको दोहामा सुरु भएको अतिकम विकसित मुलुक (एलडिसिज)को पाँचौँ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले धेरै सङ्कटको सामना गर्दा, अल्पविकसित देशलाई ठूलो लगानीको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

अतिकम विकसित मुलुकलाई ऊर्जा, यातायात, र डिजिटल जडानको लागि गुणस्तरीय, दीगो र लचिलो पूर्वाधार चाहिने उल्लेख गर्दै उहाँले समाजको सबैभन्दा कमजोर समूहको कल्याण र सुरक्षाको लागि र मानव संशाधन क्षमताको विकास र उपयोग गर्न बलियो सामाजिक सुरक्षा र लचिलो स्वास्थ्य प्रणाली चाहिने आवश्यकता औँल्याउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “हामी किन र कसरी गरिबी र अल्पविकासको निरन्तरताबाट पीडित भइरहने भन्ने हाम्रो सामू ठूलो प्रश्न छ, अतिकम विकसित मुलुकले बलियो औद्योगिक क्षमता, राम्रो उत्पादक र विस्तारित निर्यात आधारको साथ आफ्नो अर्थतन्त्रको संरचना परिवर्तन गर्न आवश्यक छ ।”

विकास साझेदारलाई सहयोग बढाउनका लागि आह्वान गर्दै उहाँले अर्थतन्त्रले महामारी, द्वन्द्व र जलवायु प्रकोपजस्ता ठूला विश्वव्यापी सङ्कटको आक्रमणको सामना गरिरहेको उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले जलवायु सङ्कटको सबैभन्दा बढी शिकार अल्पविकसित राष्ट्र भएको उल्लेख गर्दै न्यायका लागि अनुकूलन, न्यूनीकरण, हानी नोक्सानीका लागि गरिएको जलवायु वित्त प्रतिबद्धता पूर्ण रूपमा परिचालन गरिनुपर्नेमा जोड दिनुभयो ।

अतिकम विकसित मुलुकमा सरल पहुँचको साथ डिजिटललगायत प्रविधि हस्तान्तरणलाई सुनिश्चित गरिनुपर्ने बताउँदै उहाँले विकासशील विश्वको आवाज र प्रभावकारी सहभागिता सुनिश्चित गर्न विश्व आर्थिक र वित्तीय प्रणालीलाई न्यायपूर्ण र समतामूलक बनाउन साहसी कदम चाल्नुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि प्रक्रिया सहज र दीगो बनाउन नेपाल सरकारले आवश्यक काम गरिरहेको बताउँदै सहयोगको अपेक्षा गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूतलगायत सहभागी हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्लोबल वार्मिङ ३ डिग्री मात्रै बढे ८० प्रतिशत हिमाल हिउँरहित हुने बैज्ञानिकहरूको चेतावनी
२०८० फागुण १८, शुक्रबार
बंगलादेशको रेष्टुरेन्टमा आगलागी हुदाँ ४३ जनाको जलेर मृत्यु, ७५ बढी घाइते
२०८० फागुण १८, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ
२०८० फागुण १८, शुक्रबार
बलेरो दुर्घटना अपडेट : मृतकको सङ्ख्या तीन पुग्यो, दुईजना गम्भीर
२०८० फागुण १८, शुक्रबार
एसियन लाइफ इन्स्योरेन्सको साधारण सभा बस्दै
२०८० फागुण १८, शुक्रबार
बझाङ उपनिर्वाचन : कांग्रेसबाट लोकेन्द्र रोकायाको दाबी
२०८० फागुण १८, शुक्रबार
अव सगरमाथा चढनेले अनिवार्य रूपमा ‘ट्रयाकिङ चिप्स’ लगाउनुपर्ने
२०८० फागुण १८, शुक्रबार