चैत्र १९, २०७९ आइतबार April 2, 2023

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, २६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिने

आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

बोर्डले २६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ । परीक्षा तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीको लागि पुनः अर्को व्यवस्था नगरिएको बोर्डले जनाएको छ । कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित हुनेछैन ।

परीक्षाको लागि चाहिने ग्राफ पेपर, चार्ट, गोश्वारा भौचर, बैंक नगदी किताब जस्ता सामाग्रीहरू स्वयं परीक्षार्थीले नै लैजानुपर्नेछ । नयाँ पाठ्यक्रम अनुसार बायोलोजी विषयको परीक्षा दिने परीक्षार्थीहरूले बोटनी र जूलोजी विषयको लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्नेछ ।

कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन परीक्षा परेको खण्डमा सूचना प्रकाशन भएको १५ दिनभित्र बोर्डका प्रदेश/शाखा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराउनुपर्ने बोर्डले जनाएको छ । परीक्षा केन्द्र परिवर्तन गर्न नपाउने र परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया