श्रावण १, २०८२ बिहिबार July 17, 2025

तनहुँका १७ विद्यालयमा अक्षयकोष स्थापना

प्रत्येक विद्यालयमा रु एक लाखभन्दा बढीको अक्षयकोष स्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विपन्न, अपाङ्गता भएका, सिमान्तकृत तथा अल्पसङ्ख्यक बालबालिकालाई शैक्षिक पहुँचमा पु¥याउने उद्देश्यले तनहुँका विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । सदरमुकामस्थित दमौली सङ्गम क्लबद्वारा जिल्लाभित्रका १७ विद्यालयमा एकैसाथ अक्षयकोषको स्थापना गरिएको छ । क्लबले प्रत्येक विद्यालयमा रु एक लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेको हो ।

संस्थाले ती विद्यालयमा रु एक लाख पाँच हजार बराबरको अक्षयकोष स्थापना गरेको संस्थाका अध्यक्ष नरेन्द्रराज वाग्लेले जानकारी दिए । उनका अनुसार जिल्लाका १७ माध्यमिक विद्यालयमा रु एक लाख पाँच हजार बराबरको अक्षयकोष स्थापना गरिएको हो ।

पहिलो चरणमा ती विद्यालयमा अक्षयकोष स्थापना गरिएको र विस्तारै थप अन्य विद्यालयमा समेत कोष स्थापना गर्ने लक्ष्य रहेको अध्यक्ष वाग्लेले बताए । “ती विद्यालयका गरिब, विपन्न, असहाय, अपाङ्गता भएका र जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो”, उनले भने ।

कोषमा रहेको रकमको ब्याजबाट हरेक वर्ष गरिब, विपन्न, अपाङ्गता भएका र जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गरिने क्लबले जनाएको छ । व्यासका सत्यवती माध्यमिक विद्यालय र क्यामिन माध्यमिक विद्यालय, बन्दीपुरको भानु माध्यमिक विद्यालय, ऋषिङको महेन्द्रोय माध्यमिक विद्यालय, भिमादको सिद्धार्थ माध्यमिक विद्यालय, शुक्लागण्डकीको पञ्चमुनिदेव माध्यमिक विद्यालय, भानुको होमराज लोहनी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

त्यस्तै म्याग्देको राधा माध्यमिक विद्यालय, ऋषिङको सहिद गङ्गा माध्यमिक विद्यालय, अमरज्योति माध्यमिक विद्यालय, जनप्रेमी माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, शिव माध्यमिक विद्यालय र चन्द्रज्योति माध्यमिक विद्यालयलगायतका विद्यालयमा अक्षयकोष स्थापना गरिएको क्लबले जनाएको छ ।

दमौली सङ्गम क्लबले ‘शैक्षिक प्रोत्साहन अक्षयकोष २०७९’ कार्यक्रमअन्तर्गत अक्षयकोष स्थापनार्थ सम्झौतापत्रमा संस्थाका अध्यक्ष र सम्बन्धित विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर गरेका छन् ।

सो शैक्षिक प्रोत्साहन अक्षयकोष सम्झौता कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्रत्येक विद्यालयमा अक्षयकोषको स्थापना गरिँदा विपन्न, असहाय तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने बताए। “यसले गरिब र जेहेन्दार विद्यार्थीलाई विद्यालयमा नियमित गराउनुका साथै पढाईप्रति प्रेरित गराउनेछ”, न्यौपानेले भने ।

सम्झौता कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वसन्तराज पौडेल, व्यासका शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख नवीन पराजुली, संस्थाका उपाध्यक्ष रामेश्वर पण्डित, सचिव गीताकुमार ढुङ्गाना लगायतले क्लबले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताए। क्लबले जिल्लाका सबै पालिकाका विद्यालयमा अक्षयकोष स्थापना गर्न लागेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार