श्रावण १, २०८२ बिहिबार July 17, 2025

पाँच लाख रुपैयाँ बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले २४औँ वार्षिकोत्सवका अवसरमा रु पाँच लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ ।

कास्कीका विभिन्न सरकारी विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीलाई रू २ हजारका दरले एक लाख ८० हजार छात्रवृत्तिका लागि र सात विद्यालयलाई तीन लाख २० हजार बराबरको विज्ञान तथा गणित विषयका शैक्षिक सामग्री प्रदान गरिएको हो ।

शैक्षिक सामग्री पाउने विद्यालयमा महेन्द्र मावि लाहाचोक, पृथ्वीनारायण मावि धम्पुस, निष्पक्ष मावि हुम्दी, बराह मावि भिडाबारी, माछापुच्छ्रे मावि ढिकुरपोखरी, सिर्जना सामुदायिक मावि सिमपाली र सङ्गम मावि चन्द्रकोट छन् । कार्यक्रममा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कूलपति सूर्यबहादुर खड्का ‘बिखर्ची’ले शिक्षाका माध्यमबाट व्यक्ति एवम् समाजलाई परिवर्तन गर्न सकिने बताउँदै शिक्षा क्षेत्रमा गरिने सहयोग महत्वपूर्ण हुने बताए । प्राप्त सहयोगलाई अधिकतम उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने प्रतिष्ठानको उद्देश्य रहेको बताउँदै सचिव डिल्लीराम गिरीले समाज र विद्यालयको सल्लाह, सुझाव अनुसार छात्रवृत्ति एवम् शैक्षिक सामग्री वार्षिकरुपमा वितरण गर्दै आइएको बताए ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, माछापुच्छ्रे गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोखरेल, माछापुच्छ्रे गाउँपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद पौडेल, निष्पक्ष माविका प्रधानाध्यापक दुर्गा रावत लगायतले शुभकामना व्यक्त गरे।

मर्दीखोला शैक्षिक प्रतिष्ठान २०५४ सालदेखि कार्य सुरु गरी २०५६ सालमा विधिवत दर्ता भई शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार