असार २२, २०८२ आइतबार July 6, 2025

पाठ्यपुस्तक अभावमै मुगुका विद्यार्थी वार्षिक परीक्षाको तयारी

शैक्षिक सत्र सकिन लाग्दासम्म सबै पुस्तक नपाएका विद्यार्थी वार्षिक परीक्षाको तयारीमा जुट्न बाध्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सोरु गाउँपालिका–९ स्थित विजय माध्यमिक विद्यालय कालैमा  अध्ययनरत कक्षा ९ का विद्यार्थीको हातमा सबै पुस्तक छैनन् । शैक्षिक सत्र सकिन लाग्दासम्म सबै पुस्तक नपाएका विद्यार्थी वार्षिक परीक्षाको तयारीमा जुट्नु परेको छ ।

उक्त विद्यालयमा कक्षा ९ मा अध्ययनरत ७८ जना विद्यार्थीले अझैसम्म अर्थशास्त्र र शिक्षा विषयको पुस्तक पाएका छ्रैनन् । साथै कक्षा ८ मा अध्ययनरत २५ जना विधार्थीले पनि कम्प्युटर शिक्षाको किताब पाएका छैनन् ।

शैक्षिक सत्र सकिनै लाग्दासम्म अर्थशास्त्र, शिक्षा र कम्प्युटर विषयको किताव नपाएका कक्षा ९ का ७८ जना र कक्षा ८ का २५ जना विद्यार्थी भने पुस्तकविना नै वार्षिक परीक्षाको तयारीमा जुटेका छन् । अघिल्लो वर्षको च्यातिएका किताब संगालेर परीक्षाको तयारीमा जुटेको  कक्षा ९ मा अध्ययनरत रिता बमले जानकारी दिइन् ।

किताबविना परीक्षा दिनुपर्ने भएको चिन्ता लागेको भन्दै उनले भनिन्, ‘किताब छैन । परीक्षामा प्रश्नको उत्तर कसरी लेख्ने भन्ने चिन्ता लागेको छ ।’ आगामी चैत दोस्रो सातादेखि वार्षिक परीक्षा हुने भएकोले विषयगत पुस्तक नपाएका विद्यार्थीहरुमा चिन्ता बढ्न थालेको छ । किताबविना परीक्षा दिँदा अनुत्तीर्ण भइने हो कि भन्ने त्रास विद्यार्थीहरुमा छ ।

अघिल्लो वर्ष पनि कक्षा ९ र १० का विद्यार्थीले पुस्तकविना नै  वार्षिक परीक्षा दिएका थिए । यस वर्ष पनि सोही नियति यहाँ विद्यार्थीहरुले भोग्न बाध्य भएका छन् । ‘सबै पुस्तक नपाउँदा पढाई कमजोर बन्यो,’ कक्षा ९ का गणेश जैसी प्रश्न गर्छन्, ‘हामीले सबै पुस्तक कहिले पाउने ?

यस्तै सदरमुकाम गमगढी बजारमा रहेको महाकाली नमुना माध्यामिक विद्यालयमा कक्षा १० का विद्यार्थीले पनि सबै पुस्तक पाएका छैनन् । कक्षा १० मा अध्ययानरत विद्यार्थीहरु पुस्तकविना नै एसईई दिन बाध्य हुने भएका छन् । अहिले कक्षा १० मा जनसंख्या र अर्थशास्त्रका किताब अभाव छ । किताब नपाएका सो विद्यालयलेका विद्यार्थीहरु आगामी १७ चैतबा सञ्चालन हुने एसईई परीक्षामा सहभागी हुँदै छन् । ‘किताब अभावले कोर्ष सकिएको छैन । तर, परीक्षाको मिति भने सार्वजनिक भइसकेको छ । कसरी परीक्षाको तयारी गर्ने ? हामी सबैलाई फेल हुने हो कि भन्ने डर लागेको छ,’ कक्षा १० मा अध्ययनरत छात्रा सन्तोषी रावलले बताइन् ।

कक्षा १० मै अध्ययनरत छात्रा विजया लक्ष्मी सुनारका अनुसार अंग्रेजी, गणित, विज्ञान विषयका कोर्ष पनि पूरा भएको छैन । कोर्ष पूरा नहुनुमा पुस्तकको अभाव मात्र होइन शिक्षकहरु पनि शिक्षक सेवा आयोगका परीक्षाको तयारीमा लागेकाले हो । स्थायी नियुक्तिका लागि परीक्षाको तयारी गर्न अर्कै जिल्लामा शिक्षक गएकाले पनि कोर्ष पूरा हुन नसकेको छात्रा रावलले भनिन् ।

पुस्तक अभाव झेलेका यी प्रतिनिधि विद्यालय हुन् । मुगुका १४१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीले पुस्तक अभावमै परीक्षा दिनुपर्ने भएको छ ।

किताब हातमा नपरी विद्यार्थी वार्षिक परीक्षामा सहभागी हुनुपर्ने अवस्था यस वर्ष पनि दोहोरिएको विजय माध्यमिक लिद्यालयका प्रधानध्यापक वीरबहादुर बमले बताए ।‘विद्यार्थीको हातमा किताब छैन भने शिक्षकले पढाएको के अर्थ हुन्छ ? हरेक वर्ष सदरमुकामभन्दा बाहिरका विद्यार्थीलाई पुस्तककै पिरलो हुने गरेको छ,’ उनले भने, किताब हेर्नै नपाई विद्यार्थीले परीक्षा दिनुपर्ने अवस्था छ ।’

सडक सुविधा जोडिए पनि पुस्तक अभावको समस्याको अन्त्य हुन सकेको छै्रन ।  वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु हुन्छ भने चैतमा वार्षिक परीक्षा हुने गर्छ । तर, हरेक वर्ष पुस्तक अभाव हुने गरे पनि समस्या समाधान कहिल्यै हुन सकेको छैन । वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु हुने भए पनि वर्षायाम लागेपछि मात्र पाठ्यपुस्तक ढुवानी सुरु गर्दा महिनौँसम्म बीच बीचमा रोकिने र अलपत्र पर्ने समस्याले गर्दा विद्यालयमा किताब ढिलो पुस्तक पुग्ने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार