असार २९, २०८२ आइतबार July 13, 2025

सभामुख घिमिरे बहराइन भ्रमणमा जाँदै

नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले बहराइनमा यही चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर-व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिने भएका छन् ।

उनी नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा (एमाले) का तर्फबाट राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव डा भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनेछन्। नेपाल उक्त सङ्घको सदस्य छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया