असार २२, २०८२ आइतबार July 6, 2025

कोभिड–१९ विरुद्ध रेमडेसिभिर औषधि प्रयोग गर्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकाको खाद्य तथा औषधि व्यवस्थापन विभाग (एफडिए) ले इबोलोको उपचारका लागि प्रयोग हुने औषधि रेमडिसिभियर तत्कालका लागि आकश्मिक रुपमा कोरोना भाइरसको उपचारमा प्रयोग गर्न अनुमति दिएको छ ।

मानवीय परीक्षणमा अमेरिकी बायोफर्मास्युटिकल कम्पनी (औषधि उत्पादक) गिलियाड साइन्सेजले उत्पादन गरेको एन्टिभाइरल औषधि रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितको उपचारमा सकारात्मक काम गरेको देखिएको थियो ।

त्यसपछि एफडिएले तत्कालका लागि आकश्मिक प्रयोजन स्वरुप कोरोना भाइरसबाट संक्रमित भएकाको उपचारमा पनि सो औषधि प्रयोग गर्ने स्वीकृति दिएको हो ।

योसँगै कोभिड–१९ का कारण अस्पताल भर्ना भएका बिरामीलाई अब रेमडिसिभिर औषधि दिइने छ । कोभिड–१९ बाट गम्भीर बिरामी परेकाहरुलाई रेमडिसिभियर औषधि दिँदा उनीहरु चाँडो निको भएको देखिएको थियो ।

गिलियाडले उत्पादन गरेको औषधिले कोरोना भाइरसविरुद्धको युद्धमा केही आश जगाएको भए पनि कोभिड–१९ का लागि ‘म्याजिक बुलेट’ भने नहुने विज्ञले यसअघि नै स्पष्ट पारेका पारेका थिए ।

सो औषधिले संक्रमितको जीवन रक्षा गर्न, बिरामीको अस्पताल बसाई कम गरी अस्पतालमा चाप कम गर्न तथा अहिले लागु गरिएको लकडाउन खुकुलो पार्न भने सहयोग गर्ने देखिएको छ ।

गिलियाडले रेमडिसिभिर इबोलाको उपचारका लागि उत्पादन गरेको औषधि हो । यो औषधिले मानव शरीरमा प्रवेश गरेपछि भाइरलाई फैलिनका लागि चाहिने इन्जाइममा आक्रमण गर्छ, जसबाट भाइरस शरीरमा बिस्तार हुन पाउँदैन ।

यो औषधिको मानवीय परीक्षण अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिज (एनआइएआइडी) ले गरेको हो । सो परीक्षणमा एक हजार ६३ जनाको सहभागिता थियो ।

केही बिरामीलाई औषधि दिइएको थियो भने केहीलाई प्लासेबो ९कोभिड–१९ का बिरामीलाई गरिँदै आएको हालको अस्थायी उपचार विधि० गरिएको थियो ।

परीक्षणमा सहभागी भएका मध्ये गिलियाडको औषधि दिएका मध्येमा मृत्युदर ८ प्रतिशत तथा अरुमा ११.६ प्रतिशत देखिएको थियो ।

त्यसपछि एफडिएले कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी परेकाहरुलाई रेमडिसिभियर औषधि चलाउनका लागि आकश्मिक स्वीकृति दिएको हो । यो स्वीकृति कुनै पनि नयाँ बिरामीको उपचारमा प्रयोग गरिने औषधिको औपचारिक स्वीकृति जस्तो भने होइन । यसका लागि विस्तृत परीक्षणको खाँचो पर्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेमडिसिभियरले आकश्मिक प्रयोजनका लागि पाएको स्वीकृति कोरोना भाइरसको उपचारमा पहिलो महत्वपूर्ण पाइला रहेको बताएका छन् । गिलियाडले सो औषधिको १५ लाख डोज सहयोगमा उपलब्ध गराउनु पर्ने पनि ट्रम्पले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार