श्रावण ७, २०८२ बुधबार July 23, 2025

यू-२० एएफसी : नेपालले प्यालेस्टाइनलाई ६-० ले हरायाे

नेपालको जितमा दीपा शाहीको चार गाेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटमा नेपालले प्यालेस्टाइनलाई हराएकाे छ ।

फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएकाे खेलमा नेपालले घरेलु टाेली प्यालेस्टाइनलाई छ–शून्य गाेल अन्तरले हरायाे । नेपालको जितमा दीपा शाहीले चार गाेल गरिन् । यस्तै गरिमा राईले दुई गोल गरिन् ।

जितसँगै नेपालले तीन अङ्क जाेडेकाे छ । समूह ‘बी’ मा रहेकाे नेपालले अब दाेस्राे खेलमा मार्च १२ मा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ ।

छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । याे चरणबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिकाे महिला एसियन कप खेल्नेछन् ।

एएफसी २० वर्षमुनिकाे महिला एसियन कप सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुनेछ । यस प्रतियाेगिताका लागि आयाेजना राष्ट्र उज्वेकिस्तानसहित सन् २०१९ मा भएकाे प्रतियाेगिताकाे शीर्ष तीन टाेली स्वतः छनाेट भइसकेका छन् । उज्वेकिस्तानसहित पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया सिधै छनोट भइसकेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार