श्रावण १, २०८२ बिहिबार July 17, 2025

धनगढी एसपीएका विद्यार्थीले बनाएका विद्युतीय कारको मेयरले गरे सार्वजनिक

एक पटक पूरा चार्ज गरेमा ८० देखि १ सय किलोमिटरसम्म कार गुड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धनगढीमा रहेको सुदूरपश्चिम कलेज एकेडमी (एसपीए) का विद्यार्थीले विद्युतीय कार (ईभी) निर्माण गरी सार्वजनिक गर्नुभएको छ ।

कलेजका कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत सागर खनालले उक्त कार बनाउनुभएको हो । उक्त कार बनाउन करिव ६ महिना लागेको उहाँले बताउनुभयो ।

३ लाखको लागतमा बनाएको उक्त कारलाई धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले एसपीए कलेजमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गर्नुभएको हो ।

सागर खनालले बनाएको विद्युतीय कार सार्वजनिक पछि धनगढी उपमहानगरका मेयर गोपाल हमाल चढेर यात्रा गर्नुभएको थियो ।

नगर प्रमुख मेयरले कारमा एक फन्को लगाएपछि प्रतिभाशाली विद्यार्थीको नयाँ आविष्कारमा धनगढी उप महानगरको साथ रहने बताउनुभयो ।

उक्त कार निर्माणको सम्पूर्ण खर्च एसपी कलेजले ब्यहोरेको कलेज प्रमुख योगराज उपाध्यायले बताउनुभयो । विद्यार्थीको प्रतिभा विकासका लागि कलेजको लगानी रहने उहाँले बताउनुभयो ।

एक पटक पूरा चार्ज गरेमा ८० देखि १ सय किलोमिटरसम्म कार गुड्ने सागरले दाबी गर्नुभयो । कार स्टार्ट गर्नका लागि चाबीसँगै सेक्युरिटी नम्बर पनि आवश्यक पर्दछ ।

यसले गर्दा कार चोरीको सम्भावना कम हुने उहाँले बताउनुभयो । यो गाडी निर्माण तरिकालाई अझै स्तरोन्नति गरेर व्यावसायिक बनाउन सकिने कलेजका प्रवन्ध निर्देशक शुभास शाहीले बताउनुभयो । कारमा फोल्डिङ सिट, क्यामेराको जडानले चालकले अगाडि पछाडि हेर्न सक्ने सागरले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार