असार २१, २०८२ शनिबार July 5, 2025

इंग्लिस प्रिमियर लिगका बाँकी खेलका लागि १० वटा ‘न्यूट्रल’ रंगशाला चाहिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलका बाँकी खेलहरु सम्पन्न गर्नका लागि ‘न्यूट्रल’ रंगशालाहरु मात्रै उपयुक्त हुने क्लबहरुले बताएका छन् । बाँकी खेलहरु कसरी गर्ने भन्नेबारे लिगका क्लबहरुबिच शुक्रबार भिडियो कन्फ्रेन्समार्फत छलफल भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको यो सिजनका खेलहरु गर्नका लागि १० वटासम्म रंगशाला तयार गरिनु पर्ने र तिनै क्लबमा बाँकी ९२ खेल गरिनु पर्ने क्लबहरुले बताएका हुन् ।

बन्द रंगशालाभित्र बाँकी खेलहरु गर्नका लागि पनि खेलाडी र खेल पदाधिकारी गरी ४० हजार जनाको परीक्षणको व्यवस्था गरिनु पर्ने जनाइएको छ । क्लबहरुले सुरक्षित हुने अवस्थामा मात्रै खेल गर्ने पक्षमा जोड दिएका छन् ।

इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु आउँदो जुन ८ देखि पुनः सुरु हुने अपेक्षा छ । त्यसका लागि खेलाडीहरु मे १८ सम्ममा पूर्ण प्रशिक्षणमा फर्किनु पर्ने हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया