काठमाण्डौंः नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज नेपाल र पपुवा न्युगिनबीचको खेल शुरु भएको छ। क्रितिपुर टियु क्रिकेट मैदानमा भईरहेको यो खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको छ ।
नेपालका लागि सुरुवाती क्रममा आरिफ शेख र कुशल भुर्तेल व्याटिङ गर्दै छन।
यसअघि यूएइमा भएको खेलमा पपुवा न्यूगिनी विरुद्ध दुवै खेल नेपालल जितेको थियो।आज पनि नेपाल पपुवा न्यूगिनीलाई हराएर विजयी शुरुवात गर्न चाहन्छ भने पीएजी श्रृखलामा चौथो जित निकाल्न कोसीस गर्नेछ।
नेपालले पपुवा न्युगिनी र युएईलाई दुई दुई खेल हराएमा आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सिधै खेल्न पाउनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया