काठमाण्डौः राष्ट्रपति पदका लागि भएको निर्वाचनका मतदान प्रक्रिया सकिएको छ ।
बिहीबार बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया अपरान्ह ३ बजेसम्मका लागि समय तोकिएको थियो । कुल आठ सय ८२ मतदाता रहेको प्रदेशतर्फ ५५० मध्ये ५१८ र संघतर्फका ३३२ रहेकोमा ३१३ मत खसेको छ।
राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नौद लीय गठबन्धनबाट रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।
केही समयपछि मतगणना सुरु गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया