श्रावण १, २०८२ बिहिबार July 17, 2025

यस बर्ष ताप्लेजुङबाट दुई हजारभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

ग्रेडवृद्धितर्फ ६६ र प्राविधिक धारतर्फका एक सय तीन जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आगामी चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ताप्लेजुङमा दुई हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईका अनुसार यस वर्षको एसईईमा कुल दुई हजार एक सय २१ जना विद्यार्थी (परीक्षार्थी) ले सहभागिता जनाउने छन् । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार परीक्षामा सहभागी हुने कुल सङ्ख्यामध्ये नियमिततर्फ एक हजार ९५२ जना विद्यार्थी रहेका छन् । यस्तै ग्रेडवृद्धितर्फ ६६ र प्राविधिक धारतर्फका एक सय तीन जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउने इकाई प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

एसइई सञ्चालनका लागि ताप्लेजुङमा १६ वटा केन्द्र निर्धारण गरिएको छ । उहाँका अनुसार यस वर्ष सबैभन्दा बढी परीक्षार्थी बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालय मेदिबुङमा २५३ र सबैभन्दा कम गणेश माध्यमिक खेबाङमा ६८ परीक्षार्थी सहभागी हुनेछन् । बाँकी भानुजन माध्यमिक विद्यालय मा २२९ जना, सिँवा माध्यमिक विद्यालयमा १३८, युवा वर्ष माध्यमिक विद्यालय २२२ जना, जनता माध्यमिक विद्यालयमा ९५ जना परीक्षार्थी सहभागी हुनेछन् ।

यस्तै, मोती माध्यमिक विद्यालयमा १३२ जना, त्रिभुवन माध्यमिक विद्यालयमा १०८, सिनाम माध्यमिक विद्यालयमा १५२, थेचम्बु माध्यमिक विद्यालयमा ११७ जना, तेल्लोक माध्यमिक विद्यालयमा १३४ जन विद्यार्थी सहभागी हुनेछन् ।

यसैगरी, भञ्ज्याङ माध्यमिक विद्यालयमा १०३ जना, मैवाखोला माध्यमिक विद्यालयमा १७५ जना, सरस्वती माध्यमिक विद्यालयमा १५६, सिद्धकाली माध्यमिक विद्यालयमा १०३ र दुर्गा माध्यमिक विद्यालयमा १०४ जना परीक्षार्थीले सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । सहभागी विद्यार्थी र परीक्षा केन्द्र निर्धारण भएसँगै सोहीअनुसार एसइईको तयारी सुरु भएको पनि इकाई ले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार