श्रावण १, २०८२ बिहिबार July 17, 2025

हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने

हिमाली जिल्लामा अब २०८० सालदेखि वैशाखमा नयाँ शैक्षिकसत्र सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लामा वैशाखदेखि शैक्षिकसत्र सुरु गर्ने प्रस्ताव गरेको थियो ।

प्रस्ताव अनुसार  शैक्षिक सत्र सञ्चालन गर्न गत माघ १५ गते नै शिक्षा विकास निर्देशनालयले परिपत्र गरेको शिक्षा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले जानकारी दिए ।

“सो परिपत्रअनुसार फागुन १७ गते बसेको जिल्लाका आठवटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले वैशाखदेखि नयाँ शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय भएको छ”, उनले भने । उक्त निर्णयमा स्थानीय तहका सबै शिक्षा शाखा प्रमुखले सहमतिसमेत जनाएका छन् ।

यसअघि हिमाली जिल्लामा फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु हुने गरेको थियो । जुम्लालगायत हिमाली जिल्लाले पुस १० देखि माघ २५ सम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिकसत्र सञ्चालन गर्दै आएको थियो । जिल्लामा अब २०८० सालदेखि वैशाखमा नयाँ शैक्षिकसत्र सुरु हुने शिक्षा समन्वय इकाई जुम्लाका प्रमुख भण्डारीको भनाइ छ ।

यहाँका स्थानीय तहले फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने भने पनि पाठ्यपुस्तक १५ चैतभन्दा अगाडि नआउने देखिन्छ । संघीय सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयलाई कार्यान्वयनमा ल्याई आउने वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु गरिने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ ।

जिल्लाको केही स्थानीय तहले फागुनबाटै नयाँ शैक्षिक सत्रलाई निरन्तरता दिएका छन् । जिल्लाका स्थानीय तहले माघ २५ गतेदेखि नै विद्यालय सञ्चालनमा आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार