श्रावण १, २०८२ बिहिबार July 17, 2025

आयुर्वेद क्याम्पस कीर्तिपुरमा स्ववियु चुनावको माग गर्दै नेविसंघले शुरु गर्यो रिले अनसन

स्ववियु निर्वाचनमा मतदान गर्न पाउनुपर्ने माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघ समर्थित विद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन्।

अनेरास्ववियु र अखिल क्रान्तिकारीले फागुन २५ गते निर्वाचन समितिको कार्यलयमा गरेको तालाबन्दीका कारण स्थगित भएको स्ववियु चुनावको कार्यक्रम पुनः सुचारु गर्न दबाब स्वरुप नेविसंघले अनसन सुरु गरेको हो। निर्वाचन समितिले तालाबन्दीका कारण देखाउँदै पूर्व घोषित निर्वाचनको कार्यक्रम अगाडी बढाउन नसकेको सूचना प्रकाशित गरेको थियो।

स्थगित भएको स्ववियु निर्वाचनको सुनिश्चिताको लागि दबाबमूलक कार्यक्रम अन्तर्गत शुक्रबार दिउँसोबाट विद्यार्थीहरु इन्द्रमणि बस्याल र आशिष अर्यालले अनसन सुरु गरेका हुन्।

‘हामीले पूर्व निर्धारित तालिका बमोजिम स्ववियुको निर्वाचन होस् भन्ने एक सुत्रीय माग राखेर रिले अनसन सुरु गरेका हौँ।’, अनसनरत विद्यार्थी इन्द्रमणि बस्यालले भने।

अन्तिम परीक्षा दिइसकेका बिएएमएस इन्टर्न प्रशिक्षार्थीले पनि निर्वाचनमा भाग लिन पाउनुपर्छ भन्दै अनेरास्ववियु र अखिल क्रान्तिकारीले हिजो तालाबन्दी गरेका थिए।

यद्यपि त्रिविले यसपटकको स्ववियु निर्वाचनमा अन्तिम परिक्षामा सामेल भएका विद्यार्थी स्ववियु निर्वाचनमा सामेल हुन नपाउने नयाँ व्यवस्था राखी निर्देशिका जारी गरेको छ। इन्टरर्न प्रशिक्षार्थीले अन्तिम परीक्षा उत्तीर्ण गरिसकेको हुनाले महाराजगञ्ज मेडिकल क्याम्पसमा पनि एमबिबिएसका इन्टर्न प्रशिक्षार्थीले यसपटकको स्ववियुमा मतदान गर्न पाउने छैनन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार