श्रावण १, २०८२ बिहिबार July 17, 2025

विद्यार्थी नै क्याम्पस सञ्चालक समितिको अध्यक्ष

सामुदायिक क्याम्पसका रुपमा रहेको सिम्रुतु क्याम्पसमा स्नातक तहसम्मको पठनपाठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा रहेको सिम्रुतु सामुदायिक क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा निर्वाचित व्यक्ति सोही क्याम्पसका विद्यार्थी समेत रहेको खुलेको छ ।

गत माघ २३ गते सम्पन्न सञ्चालक समितिको निर्वाचनबाट निर्वाचित भएका चन्द्रबहादुर खड्का शिक्षाशास्त्र संकायको चौथो वर्षको विद्यार्थी भएको उनले भरेको परीक्षा फारमबाट खुलेको हो । यस विषयमा क्याम्पस प्रमुख सूर्यविक्रम खड्काले चन्द्रबहादुर खड्का विद्यार्थी रहेको स्वीकार गर्दै अध्यक्ष खड्का क्याम्पस सभाको सदस्य भएकाले सञ्चालन समितिमा रहन मिल्ने दाबी गरे ।

त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त सामुदायिक क्याम्पसका रुपमा रहेको सिम्रुतु क्याम्पसमा स्नातक तहसम्मको पठनपाठन भइरहेको छ भने यो वर्षदेखि स्नातकोत्तर तहको पनि पठनपाठन सुरु गरिएको छ ।

कुनैपनि क्याम्पसमा अध्ययन गरिरहेको विद्यार्थी यसरी सोही क्याम्पसको सञ्चालक समितिको कुनै पनि पदमा बस्न नमिल्ने त्रिभुवन विश्वविद्यालयका डिन डा. चित्रबहादुर बुढाथोकीले बताए । यसरी कानुन विपरीत चन्द्रबहादुर खड्कालाई अध्यक्षमा निर्वाचित गरिएकोमा पूर्वस्ववियु सभापति जीवन पुनमगरले आपत्ति जनाए। उनले भने, ‘यसरी विद्यार्थी नै सञ्चालक समितिको अध्यक्ष हुने गैरकानुनी काम गरिनु राम्रो होइन । यसकारण सञ्चालक समितिको सम्पूर्ण निर्वाचन प्रक्रिया नै रद्द गरिनुपर्छ ।’

यस विषयमा जिज्ञासा राख्दा अध्यक्ष खड्काले पनि आफू विद्यार्थी भएको स्वीकार गर्दै क्याम्पसको आजीवन सदस्य पनि भएकाले क्याम्पस सभाको सदस्य भएको र त्यसै आधारमा क्याम्पसको विधानअनुसार अध्यक्षमा निर्वाचित भएको बताए । उनले भने, ‘मसँग अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका टोपबहादुर चन्द पनि स्नातकोत्तर तहको विद्यार्थी हो । तर उहाँ पनि क्यास्पस सभाको सदस्य भएका कारण अध्यक्षमा उठ्नुभएको थियो ।’ कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार