श्रावण १, २०८२ बिहिबार July 17, 2025

शिशमहलको आम्दानीले विद्यालय सञ्चालन

भारतबाट आउने धार्मिक पर्यटकले अवलोकन गर्ने शिशमहलको आम्दानी नै उक्त विद्यालयमा ७० जना विद्यार्थी पढाउने मुख्य स्रोत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पर्यटकीय स्थल त्रिवेणीधाममा रहेको शिशमहलको आम्दानीले सञ्चालित मुक्तिनाथ वेदविद्याश्रम स्कुल सञ्चालन हुँदै आएको छ । दैनिकजसो भारतबाट आउने धार्मिक पर्यटकले अवलोकन गर्ने शिशमहलको आम्दानी नै उक्त विद्यालयमा ७० जना विद्यार्थी पढाउने मुख्य स्रोत हो ।

त्रिवेणीस्थित गजेन्द्रमोक्ष धाममा शिशमहल र मुक्तिनाथ वेदविद्याश्रम रहेको छ । उनीहरूको आवास र अध्ययन निःशुल्क रहेको छ । संस्कृतसमेत पढाइ हुने भएकाले देशका विभिन्न स्थानका विद्यार्थी यस वेदविद्याश्रममा अध्ययनरत छन् । शिशमहल हेर्न नेपाली र भारतीयले २४ रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था छ ।

सार्वजनिक बिदा र चाडपर्वमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको मुक्तिनाथ वेदविद्याश्रमका सञ्चालक स्वामी कृष्ण प्रपन्नाचार्य बताउँछन् ।

माघे औंसी, चैतेदसैं, माघेसंक्रान्ति, माघेऔंसीमा एकै दिन दसौं हजारले शिशमहल अवलोकन गर्ने गर्छन् । गत माघेऔंसीमा एकै दिन १० हजारभन्दा बढी दर्शनार्थीले शिशमहल अवलोकन गरेको उनले बताए ।

भारतको महाराजगन्जबाट आइतबार शिशमहल अवलोकनका लागि आएका वीरनाथ करलाले त्रिवेणीधामप्रति भारतीयहरूको उत्तिकै श्रद्धा र विश्वास रहेकाले आफू परिवारसहित यहाँ आएको सुनाए । उनले शिशमहलको बारेमा भारतमा समेत चर्चा रहेकाले आफू लोभिएको सुनाए । वर्षौंदेखिको यहाँ आउने धोको पूरा भएको उनले सुनाए । नारायण शर्मा /कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार