श्रावण १, २०८२ बिहिबार July 17, 2025

एउटै कक्षाकोठामा सय विद्यार्थी राखेर पढाइ

बन्गाड कुपिण्डे नगरपालिकाको मुलखोलास्थित त्रिभुवन जनता मावि च्युँरामा एकै कक्षाकोठामा सय जना विद्यार्थी बसेर पढ्न बाध्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शिक्षा ऐनमा पहाडी क्षेत्रका विद्यालयमा एक कक्षा बराबर ४५ जना विद्यार्थी तोकेको छ । ४५ भन्दा बढी भएमा ‘ए’, ‘बी’ समूहमा विभाजन गर्नुपर्ने समेत उल्लेख गरिएको छ । तर बन्गाड कुपिण्डे नगरपालिकाको मुलखोलास्थित त्रिभुवन जनता मावि च्युँरामा एकै कक्षाकोठामा सय जना विद्यार्थी बसेर पढ्न बाध्य छन् ।

पर्याप्त कक्षाकोठाको अभावमा विद्यार्थीहरु कोचाकोच गरी एउटै कक्षामा बसेर पढ्न बाध्य भएका हुन् । कक्षाकोठा साँघुरो र विद्यार्थी धेरै भएकाले हल्ला बढी हुनुका साथै शिक्षकले पढाएको नबुझ्दा विद्यार्थीको पठनपाठन प्रभावित मात्रै भएको छैन बढ्दो गर्मीका कारण उकुसमुकसले विद्यार्थी बिरामी पर्ने र सरुवा रोग सर्ने जोखिम उत्तिकै बढेको छ ।

विद्यार्थी संख्या धेरै भएकाले एउटा बेन्चमा पाँचदेखि छ जनासम्म बस्नुपर्ने बाध्यता एकतर्फ छ भने अर्कोतर्फ शिक्षकले पढाएको कुरा नबुझिँदा पढ्नु-नपढ्नु बराबर जस्तै भएको कक्षा ७ की छात्रा विमला विष्टले बताइन् । उनले आफ्नो कक्षामा मात्रै ९८ जना विद्यार्थी रहेका जानकारी दिइन् । हिउँदको समयमा खुला आकाशमुनि चौरमा बसेर पढ्ने गर्दा समस्या हुँदैन । ‘गर्मी र हावा बढी चल्ने समयमा बाहिर बस्न नसकिने हुँदा कक्षाकोठामा उकुसउमुस हुन्छ,’ उनले भनिन्, ‘वैशाख-जेठमा त कक्षाकोठामा बस्नै सकिँदैन । गर्मीले गर्दा टाउको दुख्नेसँगै विद्यार्थीहरु धमाधम बिरामी हुने गर्छन् ।’

एउटै कोठामा हुलका हुल बस्नु पर्दा हल्ला हुने गरेकाे र पढाएको नबुझिने समस्या रहेको कक्षा ९ का छात्र निर्मल बुढाले पनि बताए । यसपटकको हिउँदमा कम वर्षात् भएका कारण चाँडै गर्मी चढेकाले कक्षा कोठामा पस्दा तातोमा बाफिए जस्तै हुने गरेको उनले दाबी गरे । ‘गर्मी चढ्न थालिसकेकाले कक्षाकोठामा बस्न मन लाग्दैन । कतिखेर बाहिर निस्कु जस्तो हुन थालिसकेको छ । जसले गर्दा पढाइतिर ध्यान जान छाडेको छ,’ उनले भने । विद्यार्थी संख्या अनुसार पर्याप्त बेन्च डेस्कको अभाव भएकाले बेन्चमा बस्नका लागि सबैभन्दा पहिला को पुग्ने भन्ने होडबाजी हुने गरेको र ढिला पुग्नेले बेन्चमा बस्न नपाउने अवस्था रहेको उनको भनाइ छ ।

शिक्षा ऐन तथा निर्देशिकामा एक शिक्षक बराबर ४५ विद्यार्थी र एक कक्षामा बढिमा ५० विद्यार्थी राख्ने उल्लेख गरेपनि कक्षाकोठाको अभावमा कोचाकोच गरी धेरै विद्यार्थी राख्नुपर्ने अवस्था रहेको विद्यालयका प्रधानाध्यापक गुमान सिं विष्टले स्वीकार गर‍े । झण्डै हजार विद्यार्थी रहेको विद्यालयमा कक्षाकोठाको अभावमा कक्षा ६ मा ९१, ७ मा ९८, ८ मा १००, नौ मा २ सय र १० मा १ सय ७६ विद्यार्थी रहेको उनले जानकारी दिए ।

‘हिउँदमा भन्दा वर्षात र गर्मीको समयमा विद्यार्थीलाई कक्षाकोठामा राखेर पढाउन धेरै समस्या रहेको छ । अत्यधिक गर्मी हुने गर्दा दैनिकजसो विद्यार्थी बिरामी मात्रै होइन बेहोस नै हुने गर्छन्,’ उनले भने, ‘विद्यार्थी पढाउने भन्दा बिरामीलाई यताउता गराउनै ठिक्क हुन्छ ।’

उनका अनुसार विद्यार्थी संख्या बढेको विद्यालयमा अहिले छ वटा भवन छन् । जसमध्ये एउटा जीर्ण छ । पाँचवटा मात्रै प्रयोगमा छ । कक्षाकोठाको अभावमा कतिलाई ल्याबमा, पुस्तकालय र अफिस कोठामा राखेर समेत पढाउनुपर्ने बाध्यता छ । भवन निर्माणका लागि स्थानीय पालिका, प्रदेश सरकार तथा संघमा समेत माग राख्दै आएपनि अहिलेसम्म कतैबट सहयोग नआएको उनको भनाइ छ ।

शिक्षक दरबन्दी पर्याप्त नभएका र विद्यार्थीको संख्या अनुसार समूह विभाजन गर्नुपर्ने भए पनि भवनकै अभावमा एउटै कोठामा राख्नुपरेको विद्यालय व्यवस्थापन समितितका अध्यक्ष हरिलाल बिष्टले बताए । भवन निर्माणका लागि नेता तथा मन्त्रीसँग माग राख्नुका साथै नेतालाई विद्यालयमा ल्याएर अवस्था देखाए पनि कतैबाट सुनुवाइ नभएको उनले बताए । एजुकेशनपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार