श्रावण ७, २०८२ बुधबार July 23, 2025

कृष्ण फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप सुरु

उदघाटन खेलमा आयोजक परवानीपुर युथ क्लब विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कृष्ण फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ शनिबारदेखि सुरु भएको छ । परवानीपुर युथ क्लब वीरगञ्ज २१ परवानीपुरको आयोजनामा कृष्ण फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप प्रतियोगिता सुरु भएको हो ।

परवानीपुर खेल मैदानमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिहंले गर्नुभएको हो ।

प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी छन् । प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक परवानीपुर युथ क्लब विजयी भएको छ ।

ट्राइब्रेकरमा बेलखाडी युथ क्लब महोत्तरीलाई ४–३ गोल अन्तरले पराजित गर्दै परवानीपुर विजयी भएको खेलकुद आयोजक क्लबका महासचिव दिपक यादवले जानकारी दिए ।

खेलको म्यान अफ दि म्याच आयोजक क्लबका जर्सी नम्बर ५ का खेलाडी प्रिन्स तम्राकारले पाएका थिए । उनलाई स्थानीय हबिब मियाँ र संजय मण्डलले संयुतm रुपमा नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए ।

९० मिनेटको निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको छ ।

प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

यसअघि परवानीपुर युथ क्लबका अध्यक्ष अलिअख्तर आलमको अध्यक्ष्तामा भएको उद्घाटन कार्यक्रममा नकेपा एमालेका मधेश प्रदेश कमिटिका सदस्य रामपाल यादव , परवानीपुर गाँउपालिकाका अध्यक्ष रमक्षत्री कुर्मी , वडा नम्बर ३ का वडाअध्यक्ष ईब्राहिम मियाँ , वीरगन्ज महानगरपालिका २१ का वडाअध्यक्ष राधाकृष्णा रौनीयार , वडा नम्बर ३० का वडाअध्यक्ष मनोज यादव , कृष्णा फाउन्डेसनका प्रतिनिधि प्रकाश यादव लगायतकाको सहभागीता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार