श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

आइसीसी विश्वकप लिग-२ : नेपालले आज युएइसँग प्रतिस्पर्धा गर्दैँ

त्रिभुवन विश्वबिद्यालयको खेल मैदान, किर्तिपुरमा विहान ९ः३० बजे देखी सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आइसीसी विश्वकप लिग-२ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ।

त्रिभुवन विश्वबिद्यालयको खेल मैदान, किर्तिपुरमा विहान ९ः३० बजे देखी सुरु हुने खेलमा नेपालले युएसँगै प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि आइसीसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू-१९ विश्वकपका लागि छनोट भएको थियाे । गत फागुन १८ गते भएको प्रतिस्पर्धामा नेपालले युएईलाई ७ रनले पराजित गर्दै विश्वकपमा आफनो स्थान पक्का गरेका थियो । सोही टोलीसँग आज नेपालले पुन प्रतिस्पर्धा गर्दैछ ।

१९२ रनको लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १० विकेट गुमाएर १८४ रनमा सिमित भएपछि नेपालले ७ रनले विजयी भएकाे थियाे । आज पुनः नेपालले युएइसँग खेल्न लागेकाे हाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया