काठमाडाैंः सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार दुई खेलहरू हुँदैछन्।
लिगको तेस्रो चरणअन्तर्गत आज एन्फा कम्प्लेक्स सातदोबाटो र एक खेल च्यासल मैदानमा हुनेछ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ।
मनाङ र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ। यस्तै, च्यासल मैदानमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ। एनआरटी र आर्मीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया