काठमाण्डौः म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ ।
यो जितसँगै लिगको शीर्ष स्थानमा रहेको आर्सनलमाथि सिटीले दबाब कायम राख्न सफल भएको छ । सिटीका लागि इर्लिङ हालान्डले ७८ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।
यो जितपछि सिटीको २७ खेलबाट ६१२ अंक भएको छ । आर्सनल ६३ अंकमा छ र आइतबार उसले फुलहमको सामना गर्नेछ । शनिबारका अन्य खेलमा टोटनहमले नटिङघम फरेस्टलाई ३–१ ले हराएर चौथो स्थानमा आफ्नो पकड बलियो बनायो ।
उसको २७ खेलबाट ४८ अंक भएको छ । यस्तै एभरटनले ब्रेन्टफोर्डलाई १–० र चेल्सीले लेस्टर सिटीलाई ३-१ ले पराजित गरेको छ । लिड्स र ब्राइटनले भने २–२ को बराबरी खेले ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया