कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

दाङमा एक महिलामाथि सामुहिक बलात्कार

सडकमा सुतिरहेका श्रीमान‍्माथि कुटपिट गरी महिलालाई घिसारेर लगि सामुहिक बलात्कार गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः दाङमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । गत शुक्रबार राति साढे १ बजे दुई युवकले २९ वर्षीया महिलामाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पीडितका श्रीमान् अपाङ्ग रहेको र मागेर गुजारा टार्दै आएकोमा उनीहरू घोराही उपामहानगरपालिका-१७ स्थित सडकमा सुतेका थिए ।

सडकमा सुतिरहेका श्रीमान‍्माथि कुटपिट गरी महिलालाई करिब २५ मिटर घिसारेर लगि सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा स्थानीय २९ वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरेको हो ।

अपाङ्ग श्रीमान‍्को उपचार गराउन उनीहरू तीन महिनाअघि दाङस्थित राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा आएकोमा उपचारको लागि रकम अभाव भएपछि बाटोमा मागेर गुजारा गरिरहेका थिए । घटना भएको दोस्रो दिन उनीहरूले जिल्‍ला प्रहरी कार्यालयमा पुगेर जाहेरी दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
२०८३ कार्तिक २०, शुक्रबार
आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना
२०८३ कार्तिक २०, शुक्रबार
तिथिको घटबढले यस वर्ष तिहार ६ दिनको, मिथिलामा आज धनतेरस
२०८३ कार्तिक २०, शुक्रबार
एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली तथा चितवन र पोखरा भिड्दै
२०८३ कार्तिक २०, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको बिक्रीदर १५१.४७ रुपैयाँ
२०८३ कार्तिक २०, शुक्रबार
आज शुक्रबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक २०, शुक्रबार
यू-१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार