काठमाण्डौंः सोमबारका लागि तोकिएको संघीय संसद राष्ट्रिय सभाको बैठक सरेको छ।
राष्ट्रिय सभाको सचिवालयले आज सूचना जारी गरी भोलि फागुन २९ गते सोमबार अपराह्न १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश आगामी चैत ८ गते बुधबार अपराह्न १ बजेका लागि तोकको छ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपदफा (३) बमोजिम सभाका अध्यक्षले कार्य व्यवस्था परामर्श समितिको परामर्शमा चैत २८ गते बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया