श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रावि शिक्षकको विज्ञापन चैत्र पहिलो साता गर्ने शिक्षक सेवा आयोगको तयारी

निर्धारित समयभन्दा एक हप्ता पछि मात्र विज्ञापन गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्राथमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि शिक्षक सेवा आयोगले चैत्र पहिलो हप्ता मात्र विज्ञापन गर्ने भएको छ । प्राविधिक कठिनाइका कारण खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन वार्षिक कार्यतालिका भन्दा केही दिनपछि हुने भएको हो ।

आयोगले जारी गरेको बार्षिक कार्यतालिकामा फागुनमा प्राविको विज्ञापन गर्ने उल्लेख भए पनि प्राविधिक कठिनाइका कारण प्राविको विज्ञापन चैत्र पहिलो हप्ता मात्र गरिने आयोगले जानकारी दियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिफारिस गर्न बाँकी रहेको हुनाले निर्धारित समयभन्दा एक हप्ता पछि मात्र विज्ञापन गर्न लागिएको आयोगले जानकारी दियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया