श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

शहीद स्मारक ए डिभिजन लिगः जावलाखेल युथ क्लवविरुद्ध फ्रेन्ड्स क्लबको जित

फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । फ्रेन्ड्सको जितमा राफिक एमिनु र प्रकाश बुढाथोकीले समान एक एक गोल गरे ।

यता जावलाखेलका फोडे फोफानाले एक गोल फर्काए । खेलको १९औँ मिनेटमा राफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ४०औँ मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८७औँ मिनेटमा जावलाखेलका फोडे फोफानाले पेनाल्टीमार्फत गोल गरे पनि फ्रेन्ड्स २–१ ले विजयी भयो । फ्रेन्ड्सका अमित तामाङले जावलाखेलका समिराज थोकरलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जवालाखेलले पेनाल्टीको अवसर पाएको थियो ।

यस जितसँगै पहिलो जित हात पारेको फ्रेन्ड्सले चार खेलमा चार अङ्क जोडेको छ । समान चार खेल खेलेको जावलाखेलको सात अङ्क रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया