काठमाडौं : त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस स्ववियु निर्वाचन समितिले समानुपातिकतर्फको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।
सार्वजनिक नामावली अनुसार समानुपातिक निर्वाचन प्रणालीको लागि ५० जनाको उम्मेदवारी परेको छ । २१ सदस्यीय स्ववियु समितिमा समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन्।
५० जना उम्मेदवारमध्ये जम्मा ९ जना मात्रै महिला उम्मेदवार रहेका छन् ।
सबैभन्दा बढी अखिल क्रान्तिकारीबाट पाँचजना, अनेरास्ववियुबाट दुई जना, नेविसंघबाट एक जना र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट एक जना महिलाको उम्मेदवारी परेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया