श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

सहिद स्मारक ए-डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदै

एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रंगशालामा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सहिद स्मारक ए-डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । आज लिगको चौंथो चरण अन्तर्गतको खेलहरु हुन लागेको हो ।

जसमा एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रंगशालामा हुनेछ । एन्फा कम्प्लेक्समा संकटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुँदा दशरथ रंगशालामा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबको सामना गर्दैछ ।

दुवै खेल दिउँसोे २ः३० बजे सुरु हुनेछ । संकटा आज दोस्रो जितको खोजीमा छ । नवप्रवेशी चर्च ब्वाइज भने लगातार चौंथो जितको खोजीमा रहेको छ । जावलाखेल तेस्रो जित निकाल्ने योजनामा रहेको छ भने फ्रेन्ड्स पहिलो जितको खोजीमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । पुछारका दुई टोलीबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । साविक विजेता मछिन्द्र र पुलिस दुवै पहिलो जितको खोजीमा रहेका छन् ।

सतप्रतिश जित निकालेको चर्च ब्वाइज ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ७ अंक जोडेको जावलाखेल अंकलातिकाको तेस्रो स्थानमा रहेको छ ।

संकटा ४ अंकसहित आठौं स्थानमा रहँदा फ्रेन्ड्स १ अंकसहित १२ औं स्थानमा रहेको छ । त्यस्तै मछिन्द्र ३ खेलमा १ अंक जोडेर १३ औं स्थानमा रहेको छ भने पुलिस पहिलो अंकको खोजीमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया