श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

उथप्पाको विष्फोटक ब्याटिङमा भारत १० विकेटले विजयी

इन्डिया महराजसले लेजेन्ड्स लिग क्रिकेटमा एसिया लायन्सलाई १० विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ओपनर रोविन उथप्पाको विष्फोटक ब्याटिङमा इन्डिया महराजसले लेजेन्ड्स लिग क्रिकेटमा एसिया लायन्सलाई १० विकेटले हराएको छ ।

योसँगै भारतले लेजेन्ड्स लिगमा पहिलो जित हात पारेको छ। जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको भारतले १२.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतको जितमा रोविन उथप्पा ३९ बलमा ११ चौका र ५ छक्कासहित ८८ रनमा अविजित रहे । गौतम गम्भीर ३६ बलमा १२ चौकासहित ६१ रनमा अविजित रहे । सोहेल तनविर, मोहम्मद आमिर र शोएब अख्तर जस्ता बलर विकेट विहीन बनेका थिए ।

त्यसअघि दोहामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । एसियाका ओपनर उपुल थरंगा ४८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६९ रनमा आउट भए । दिलशान तिलकरत्ने ३२, मोहम्मद अफिज २, मिस्बाह उल हक डक र अब्दुल रजाकले २७ रन बनाए ।

भारतका सुरेश रैनाले २ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । स्टुअर्ट बिन्नी, हरभजनसिंह र प्रविन ताम्बले एक एक विकेट लिए । भारत पहिलो खेलमा एसियासँग ९ रन र दोस्रो खेलमा वल्र्ड जायन्ट्ससँग २ रनले पराजित भएको थियो । एसियाले पहिलो खेलमा भारतलाई ९ रन र दोस्रो खेलमा जायन्ट्सलाई ३५ रनले हराएको थियो । एसिया ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ ।

भारत ३ खेलमा २ मा हार र १ मा जितसहित २ अंकका साथ दोस्रो स्थानमा छ । जायन्ट्स २ खेलमा १ मा जित र १ मा हारसहित पुछारमा छ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई एसियाले सुरुवाती दुई खेलमा मौका दिएपनि तेस्रो खेलमा बेन्चमा राखेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया