श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

एक दिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालको सुधार – नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी नेपालभन्दा पछाडि

नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा उक्लिएको छ । यस अघि नेपाल १७ औँ स्थानमा रहेको थियो ।

नामिबियालाई पछि पार्दै नेपाल १६ औँ स्थानमा उक्लिएको हो । नेपालभन्दा पछाडि नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन् ।

एसोसियट राष्ट्रतर्फ स्कटल्यान्ड १२औँ स्थानमा कायमै रहेको छ । भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र ओपनर आसिफ शेखले ओडिआई वरियता सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ ओडिआई वरियतामा नेपालका खेलाडीले सुधार गरेका छन् ।

आसिफ शेख ब्याटिङतर्फ ९ स्थान सुधार गर्दै ६२ औँ स्थानमा उक्लिएका छन् । आसिफले पाकिस्तानका मोहम्मद रिजवानलाई पछि पारेका छन् । रिजवान ६४ औँ स्थानमा छन् । कप्तान रोहित पौडेल ५५ औँ स्थानमा यथावत् छन् ।

पछिल्लो समय आसिफ शेखले सानदार प्रदर्शन गर्दै आएका छन् । यता बलिङतर्फ सन्दीप लामिछानेले दुई स्थान सुधार गर्दै २१औँ स्थानमा उक्लिएका छन् । सन्दीपले भारतका जस्प्रित बुमराह (२६औँ), कुलदीप यादव (२३ औँ), पाकिस्तानका शादब खान (३९ औँ), युजभेन्द्र चहल (४० औँ) लाई पछि पारेका छन् ।

त्यस्तै बलिङतर्फ सोमपाल कामीले पनि तीन स्थान सुधार गर्दै ६० औँ स्थानमा उक्लिएका छन् ।

दीपेन्द्रसिंह ऐरीले दुई स्थान सुधार गर्दै ६३ औँ र करण केसीले तीन स्थान सुधार गर्दै ९५ औँ स्थानमा छन् । पछिल्लो समय आइसिसी विश्वकप लिग–२ मा सानदार प्रदर्शनपछि नेपाली खेलाडीहरूले वरियतामा पनि सुधार गरेका छन् ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पछिल्ला ११ मध्य १० खेल जितेपछि एक महिनामा तीन स्थान सुधार गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया