श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

शहीद स्मारक ए डिभिजन लिग – मनाङले एनआरटीलाई ३-१ ले हरायाे

मनाङ तालिकाकाे तेस्राे स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले दाेस्राे जित निकालेकाे छ । बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा मनाङले न्युराेड टिम (एनआरटी) लाई हराएकाे हाे ।

मनाङले एनआरटीलाई ३–१ गाेल अन्तरले हरायाे । मनाङका लागि राेशन राना मगर, काेफी कुडु र साइदजमाेल दाभ्लातजोनोभले गाेल गरे । एनआरटीका लागि अशाेक थापा मगरले गाेल गरे ।

याे जितसँगै मनाङले ४ खेलमा ८ अङ्क जोडेको छ । मनाङ तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । ४ खेलमा १ अङ्क भएकाे एनआरटी १३ औँ स्थानमा छ ।

यस सिजनको ए डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा एक सय ८२ वटा खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया