श्रावण २, २०८२ शुक्रबार July 18, 2025

यस बर्षको एसईईमा गुल्मीबाट चार हजार बढी विद्यार्थी सहभागी हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार हजार बढी विद्यार्थी सहभागी हुनेभएका छन् ।

चैत १७ गतेदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ७२२ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।

इकाइ प्रमुख मरासिनीका अनुसार नियमित साधारणतर्फ चार हजार ३३८ र नियमित प्राविधिकतर्फ ३४२ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । त्यस्तै, नियमिततर्फ खुला आठ र आंशिक तथा ग्रेडवृद्धितर्फ ४२ विद्यार्थी परीक्षामा सहभागी हुनेभएका छन् । परीक्षामा सहभागी हुन न्यूनतम् ७० प्रतिशत हाजिरी पुगेको हुनुपर्ने छ ।

यस जिल्लाका १६ विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गरेका छन् । यस वर्षको एसईईमा साधारण र प्राविधिक धारतर्फको परीक्षा केन्द्र एउटै केन्द्रमा हुनेभएको छ । विगतमा प्राविधिक धारतर्फको परीक्षा केन्द्र तम्घासको महेन्द्र माध्यमिक विद्यालयमा रहेको उहाँले बताउनुभयो ।

एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाका विभिन्न स्थानमा २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । यो वर्ष धुर्कोट गाउँपालिका –७, वाग्लामा रहेको भगवती माध्यमिक विद्यालयमा पनि परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै, परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला परीक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइले परीक्षाका लागि आवश्यक व्यवस्थापन गर्नेछ । त्यस्तै, परीक्षालाई प्रभावकारी बनाउन अनुगमन टोलीद्वारा अनुगमन गरिने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया