श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

नेपाल-यूएईबीचको क्रिकेट म्याच हेर्न प्रधानमन्त्री दाहाल त्रिवि खेल मैदानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र युएईको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिवि क्रिकेट मैदान पुगेका छन्।

त्रिकोणात्म सिरिज अन्तर्गतको अन्तिम र महत्वपूर्ण खेल हेर्न उनी अहिले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका हुन्। उनी नेपाली टोलीको हौषला बढाउन खेल मैदान पुगेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

यो खेल नेपाल र युएईका लागि निकै महत्वपूर्ण रहेको छ। खेल नेपालले जिते विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ भने युएईले जिते विश्वकप लिग २ मा स्थान जोगाउन सफल हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया