श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

यूएईविरुद्ध नेपालको सहज जित, नेपाल विश्वकप छनोटमा प्रवेश

युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकपमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युइएविरुद्ध डकवर्थ लुइस (डिएलएस) पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेटको  क्षतिमा ३१० रन बनाएको थियो । यूएईका लागि आसिफ खानले १०१ तथा वृत्य अरविन्दले ९४ रनको योगदान दिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि चार जना खेलाडीले अर्ध शतकीय पारी खेले । भीम सार्कीले ६७ रन, आरिफ शेखले ५२ रन बनाउँदा गुल्शन झा र कुशल भुर्तेलले समान ५०/५० रन बनाए ।

नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जितसँगै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया