श्रावण २, २०८२ शुक्रबार July 18, 2025

गलकोट बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका गैरे सर्वसम्मत

क्याम्पसमा क्रियाशील सबै विद्यार्थी संगठनको सहमतिमै गैरे अध्यक्षमा सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बाग्लुङको गलकोट बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका लोकेन्द्र गैरे सर्वसम्मत निर्वाचित भएका छन् । क्याम्पसमा क्रियाशील सबै विद्यार्थी संगठनको सहमतिमै गैरे अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

लामो समयको छलफलपछि स्ववियुका सबै पदमा सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा नेविसंघकै सुप्रिया गौतम, सचिवमा अखिल क्रान्तिकारीका गगन विश्वकर्मा, सहसचिवमा अनेरास्ववियुकी सुस्मा पन्त र कोषाध्यक्षमा अनेरास्ववियु (छैठौँ) का गणेश सापकोटा चयन भएका निर्वाचन अधिकृत नवराज गौतमले बताए ।

सदस्यहरूमा नेविसंघकी हिरादेवी सुवेदी, विशाल उप्रेती, अनेरास्ववियुका निशा थापा, अखिल क्रान्तिकारीका सारा पुन, हेमन्त भण्डारी र अनेरास्ववियु (छैठौँ)की विनिता गौतम निर्वाचित भएका छन् ।

चैत्र ५ गते निर्वाचनको मिति तय भएअनुसार बिहीबार मनोनयन दर्ताको समय थियो । मनोनयन दर्ताको समयमा कुनै पनि पदमा अन्य व्यक्तिको दर्ता नभएपछि सर्वसम्मत भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया