श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

क्रिकेट खेलाडीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले गरे सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई बालुवाटार बोलाएर सम्मान गरेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ मा विजयी भएको नेपाली क्रिकेट टिमका सदस्यलाई प्रधानमन्त्रीले सम्मान गरेका हुन् । नेपाल सरकारले पनि प्रति खेलाडी जनही ३ लाख पुरस्कार दिने तयारी गरेको बताइएको छ ।

बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री प्रचण्ड आफै उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए ।युएईविरुद्धको सो खेलमा विजयी हुँदै नेपाल विश्वकप क्वालिफायरमा प्रवेश गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया