श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मध्यपश्चिम विश्वविद्यालयमा चैत्र ५ गते स्ववियु निर्वाचन {पत्रसहित}

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।

बिहीबार सबै क्याम्पसमा निर्वाचन स्थगित गर्ने निर्णयसँगै विद्यार्थी संगठनहरुले चर्को विरोध गरेका थिए ।  शुक्रबार विश्वविद्यालयले पुनः सूचना जारी गर्दै चैत्र ५ गने स्ववियु निर्वाचन गर्ने जनाएको छ । विश्वविद्यालयका रजिस्टार नारायण पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ उच्च अदालतमा मुद्दा परी स्थगित गरिएको विश्वविद्यालय बाहेकका अन्य क्याम्पसमा क्याम्पस प्रमुखको प्रतिबद्धता बमोजिम र शैक्षिक क्यालेण्डरलाई समेत मध्यनजर गरेर चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन गर्न, गराउनहुन् सम्बन्धीत सम्पूर्णमा जानकारी एवं निर्देशन गर्ने निर्णय भएको छ ।’

यसअघि आज शुक्रबार निर्वाचन गर्ने कार्यतालिका रहेको थियो । उच्च अदालत सुर्खेतले निर्वाचन रोक्ने आदेश जारी गरेसँगै बिहीबार विश्वविद्यालय अन्तर्गतका अन्य आंगिक क्याम्पसको निर्वाचन पनि स्थगित गरिएको थियो ।

मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो ।  चैत्र ८ गते दुवै पक्षलाई उच्च अदालत सुर्खेतमा उपस्थित हुन आदेशमा भनिएको छ ।

१० वटा आंगिक क्याम्पसमध्ये तीनवटा क्याम्पस लुम्बिनी प्रदेशमा पर्दछन् ।

m

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया