असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छु: नवनिर्वाचित उपराष्ट्रपति यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मुलुकलाई समृद्धितर्फ लैजाने काममा आफू लाग्ने बताए । उनले शान्ति प्रक्रियाका कामहरू निष्कर्षमा पुर्‍याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि आफ्नो तर्फबाट प्रयास उनको भनाइ छ ।

“राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवद्र्धन गर्नमा मेरो इमान्दारिताकासाथ भूमिका रहनेछ । मुलुक समृद्ध रुपमा अघि बढोस् । शान्ति प्रक्रियाका कामहरू निष्कर्षमा पुर्‍याउन बाँकी छ, त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ,” उनले भने, “हाम्रो क्षेत्रका जनताकै मतका कारण यहाँसम्म आइपुगेको हो । उहाँहरूसहित देशका सबै जनतालाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्छु ।”

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भूमिका खेल्ने जनता र सांसहरूप्रति धन्यवाद प्रकट गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार