श्रावण २, २०८२ शुक्रबार July 18, 2025

स्ववियु निर्वाचनः आज बिहान ८ बजे देखी मतदान सुरु हुदैँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुदैछ ।

त्रिभुवन बिश्वबिद्यालयका आंगिक तथा सम्बधन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।

काठमाडौं  उपत्यकासहित देशैभरीका क्याम्पसमा बिहान ८ बजे देखी मतदान सुरु हुनेछ भने साँझ ४ बजे भित्रमा मतदान सम्पन्न हुने गरी त्रिभुवन बिश्वबिद्यालयले कार्यतालिका यसअघि नै सार्बजनिक गरिसकेको छ ।

पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन् । जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया