वैशाख १२, २०८१ बुधबार April 24, 2024

कोटेश्वर क्याम्पसको स्ववियु सभापति बने नेविसंघका बुढाथोकी

सहसचिवमा अनेरास्ववियुकी शर्मिला भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुकै शैलेन्द्र श्रेष्ठ सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोटेश्वर बहुमुखी क्‍याम्पसको अध्‍यक्षमा नेविसंघका संजय बुढाथोकी सर्वसम्मत रुपमा चयन भएका छन्।

शुक्रबार कोटेश्वर क्याम्पसमा बसेको सर्वपक्षीय विद्यार्थी संगठनको बैठकले नेविसंघका संजय बुढाथोकी सर्वसम्मत रुपमा चयन भएका हुन् ।

यस्तै उपाध्‍यक्षमा अखिल क्रान्तिकारीका सागर पराजुली चयन भएका छन् भने सचिवमा अनेरास्ववियुका रामकृष्ण थापा चयन भएका छन् ।

यस्तै सहसचिवमा अनेरास्ववियुकी शर्मिला भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुकै शैलेन्द्र श्रेष्ठ सर्वसम्मतिले चयन भएका हुन् ।

यस्तै क्याम्पसको स्ववियु सदस्‍यमा अनेरास्ववियुका रामजेश कुमार गुप्ता, प्रेमराज रेग्मी, सुशील दाहाल र नवराज देवकोटा सर्वसम्मत रुपमा चयन भएका छन् ।

यस्तै नेविसंघका आशिश कार्की, आरती ढकाल, प्रदीप कार्की र सन्तोष घर्ती मगर सदस्‍यमा चयन भएका छन् ।

यस्तै अखिल क्रान्तिकारी विप्लव समूहका मिठु टमाटा, अखिल क्रान्तिकारीकी अप्सरा बस्‍नेत, रविना थापा मगर र सरला बस्‍नेत तथा अनेरास्ववियूका खेमराज ढुंगाना, सरोज श्रेष्ठ, विनीता फुयाँल र सञ्जु भट्ट स्ववियु सदस्यमा सर्वसम्मत रुपमा चयन भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया