वैशाख ६, २०८१ बिहिबार April 18, 2024

पाल्पाबाट चार हजार ५४६ जना विद्यार्थी एसइईमा सहभागी हुँदै

सबै भन्दा कम ६८ जना दर्लमडाँडा मावि दर्लमडाँडा केन्द्रबाट र सबै भन्दा बढी २८६ जना विद्यार्थी दरैठाँटी मावि रामपुर केन्द्रबाट सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यो वर्ष पाल्पाबाट चार हजार ५४६ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने भएका छन् । जिल्लाभरिका १३७ विद्यालयका चार हजार ५४६ जना विद्यार्थीले एसइई परीक्षाका लागि रजिस्ट्रेसन भरेको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।

जसमध्ये छात्रा दुई हजार २५७ र छात्र दुई हजार २८९ परीक्षामा सहभागी हुने इकाई प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । परीक्षामा नियमिततर्फ चार हजार ४३२ र ग्रेड वृद्धितर्फ ११४ जना विद्यार्थी रहेका छन् । प्राविधिक धारतर्फ २३९ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुने सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार सबै भन्दा कम ६८ जना दर्लमडाँडा मावि दर्लमडाँडा केन्द्रबाट र सबै भन्दा बढी २८६ जना विद्यार्थी दरैठाँटी मावि रामपुर केन्द्रबाट सहभागी हुनेछन् ।

परीक्षाका लागि २७ वटा केन्द्र निर्धारण गरिएको छ । जसका लागि २७ जना केन्द्राध्यक्ष, ३१ जना सहायक केन्द्राध्यक्ष, २२६ निरीक्षक, ४६ जना परीक्षा सहायक, ९१ जना विद्यालय सहयोगी र १३५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षालाई मर्यादित बनाउन आवश्यक निर्देशन समेत दिइएको शिक्षा इकाईले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया