वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

इन्जिनियरको लाइसेन्स परीक्षामा ५६५ जना मात्र पास (नतिजासहित)

आवेदन दिने २ हजार ६ जना उत्तीर्ण हुने ५ सय ६५ मात्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इन्जिनियरको लाइसेन्स परीक्षामा ५६५ जना मात्र पास भएका छन् । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक दुई दिन लगाएर चैत्र १२ र १३ गते लिइएको इन्जिनियर व्यवसायी दर्ता परीक्षामा २ हजार ६ जनाले आवेदन दिएका थिए । भने १ हजार ९८१ जना मात्र परीक्षामा सहभागी भएका थिए ।

उत्तरपुस्तिकामा रोलनम्बर लेख्न छुटेका ११ जनाको परीक्षा रद्द गरिएको परिषद्ले जारी गरेको सूचनामा उल्लेख छ । प्रकशित नतिजा अनुसार २८.५ प्रतिशत परीक्षार्थी मात्र पास भएका छन् भने ७१.५ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।

सो परीक्षामा इन्जिनियरिङ क्षेत्रका २२ विधामा परीक्षा लिएको थियो । लाइन्सेन्स परीक्षामा अनुत्तीर्ण ७१.५ प्रतिशतले नेपालभर काम गर्न नपाउने परिषद्ले जानकारी दियो ।

नेपालमा इन्जिनियरिङ विषय पढाइ हुने ५० भन्दा बढी कलेजहरूबाट बर्सेनि आठ हजार विद्यार्थीले उच्च शिक्षा हासिल गर्दछन् । परिषद्का अनुसार अहिलेसम्म शैक्षिक प्रमाणपत्रको आधारमा ७७ हजारले लाइसेन्स लिइसकेका छन् ।

इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ को पहिलो संसोधन ऐन, २०७९ ले गरेको व्यवस्था बमोजिम परिषद्ले अनुसूची २ मा भएको व्यवस्था बमोजिम परिक्षा समय, २ घण्टा, पूर्णाङ्क – १००, उतीर्णाङ्क – ५०, निर्धारण गरेर परीक्षा सञ्चालन गरेको थियो।

यसअघि परिषदले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँदै आएको थियो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषदले नाम दर्ता परीक्षामा पास भएकालाई मात्र लाइन्सेन्स उपलब्ध गराउने उद्देश्य बमोजिम परीक्षा सञ्चालन गरेको हो ।

नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट २०७९ साउन ४ गते पारित भएको थियो।

विधेयकमा मुख्यतः इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान गरेको छ।

२९ जेठ २०७६ मा दर्ता भएको उक्त विधेयक राष्ट्रिय सभाबाट १४ पुस २०७६ मा पारित भएर फेरि प्रतिनिधिसभामा आएको थियो। राष्ट्रिय सभाबाट आएको ३० महिनापछि प्रतिनिधिसभाले पनि पारित गरेर कानुन बनेपछि पहिलो पटक परीक्षा सञ्चालन गरिएको थियो । – एडुपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
२०८१ वैशाख ८, शनिबार
नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने
२०८१ वैशाख ८, शनिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
२०८१ वैशाख ७, शुक्रबार
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस
२०८१ वैशाख ७, शुक्रबार
काठमाण्डौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?
२०८१ वैशाख ७, शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
२०८१ वैशाख ७, शुक्रबार
बाबुरामको पार्टीले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने
२०८१ वैशाख ७, शुक्रबार