असार २८, २०८२ शनिबार July 12, 2025

दुई दिनभित्र सरकारले पूर्णता पाँउछ – प्रधानमन्त्री दाहाल

अबको दुई दिनभित्रमा पूर्ण रूपमा सरकार विस्तार हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।

सरकार गठन भएको एक सय दिन पूरा भइसक्दा पनि पूर्णता नपाएको भन्दै प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ गठन्धनको आलोचना भइरहेका बेला सो दाबी गरिएको हो ।

सातौँपटक पुनर्गठन हुँदा पनि सरकारले पूर्णता नपाएपछि आलोचित बनेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका हुन् ।

माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको दुई दिनभित्रमा पूर्ण रूपमा सरकार विस्तार हुने जानकारी दिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया