असोज ४, २०८३ आइतबार September 20, 2026

कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने आज अन्तिम दिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने बिहीबार अन्तिम दिन हो । कुमारी क्यापिटलले चैत ९ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजनामा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

क्यापिटलले दु्ईचरण गरि कुल १० करोड इकाई निष्कासन गरेको हो । पहिलो चरणमा ५ करोड इकाईमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । जसमध्ये ३ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कुमारी क्यापिटलका अनुसार दोश्रो चरणमा योजना व्यवस्थापकले तोकेको वितरक मार्फत बाँकी रहेको ५ करोड इकाई निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने छ ।

न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया