श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बलुच नेश्नल आर्मीका संस्थापक पक्राउ

आतङ्कवादी सङ्गठनका एक जना नेता नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानी गुप्तचर निकायले आतङ्कवादी सङ्गठनका एक जना नेतालाई पक्राउ गरेको बताएको छ ।

पाकिस्तानी सेनाको गुप्तचर इकाइबाट खटिएको एक टोलीले बलुच नेश्नल आर्मी (बिएनए) का संस्थापक नेतालाई पक्राउ गरिएको आज जनाएको हो ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्मिसेस पब्लिक रिलेसनस (आइएसपीआर)का अनुसार सेनाको गुप्तचर निकायले देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आतङ्कवादी गतिविधिमा संलग्न गुलजार इमाम उर्फ शम्बेलाई बिहीबार पक्राउ गरिएको हो ।

बिएनएले सुरक्षा निकायलाई लक्ष्यित गरेर बारम्बार घातक आक्रमण गर्दै आएको छ । शम्बेको गिरफ्तारीबाट बलुचिस्तानमा आतङ्कवादी गतिविधि नियन्त्रणमा योगदान पुग्ने विश्वास आइएसपीआरले व्यक्त गरेको छ ।

शम्बेको गिरफ्तारी पाकिस्तानी जनता र सेनाको आतङ्कवादलाई परास्त गर्ने प्रतिबद्धताको एक अभिन्न अङ्ग भएको उल्लेख गर्दै आइएसपीआरले जारी गरेको विज्ञप्तिमा देशमा शान्ति, सुव्यवस्था कायम गर्न पाकिस्तानको राष्ट्रिय सेना दृढ रहेको उल्लेख गरिएको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार