श्रावण २, २०८२ शुक्रबार July 18, 2025

चर्को स्वरमा गीत बजाएको भन्दै आपत्ति जनाउने गर्भवती महिलाको गोली हानी हत्या

घटनामा संलग्न हरीशसहित उनका साथी अमित समेत पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दिल्लीको सिरासपुरमा छिमेकीले चलाएको गोली लागेकी ३० वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ ।

गोली लागे पछि अस्पताल पु¥याईएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त महिलाको गर्भपातसमेत भएको थियो ।

यसरी मृत्यु भएकी  रञ्जुलाई अप्रिल ३मा उनका  छिमेकी हरिशले गोली हानेको थिए । हरिशको घरमा आयोजित कार्यक्रममा चर्को स्वरमा संगीत बजाए पछि सानो स्वरमा बजाउन आग्रह गर्न गएकी महिलाको आरोपीले गोली प्रहार गरेका थिए ।

डेपुटी कमिश्नर अफ पुलिस (आउटर दिल्ली) रवि कुमार सिंहले भने, ‘त्यस पछि उनी माथी गोली हानियो, गोली लागे पछि तीन महिलाको गम्भिर अवस्थामा रहेको पाईएपछि उनलाई महानगरीय अस्पताल लगिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।’

प्रहरीले मृतक मञ्जुका छिमेकी हरिशबिरुद्ध मुद्धा दर्ता गराएको छ । प्रहरीका अनुसार एफआईआरमा उनलाई भारतीय दण्ड संहिताको धारा–३०२ (हत्या)को आरोप लगाईएको छ ।

घटनामा संलग्न हरीशसहित उनका साथी अमितलाईसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो घटनामा अमितको बन्दुक प्रयोग भएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार